फुटबल सङ्घमा पुनः बस्नेत
१८ साउन, राजविराज । जिल्ला फुटबल सङ्घ सप्तरीमा उत्पन्न विवाद विशेष साधारणसभापछि भई नयाँ कार्य समितिक अध्यक्षमा पुनः देवेन्द्रमानसिंह बस्नेतलाई नै जिम्मेवारी दिएको छ ।कार्यसमितिमा केही सदस्य थप गरिएको छ ।
विशेष साधारणसभाबाट उपाध्यक्षमा मनोजकुमार माझी, अरुणबहादुर पाण्डे र चन्द्रशेखर चौधरी, महासचिवमा अमर खवास र कोषाध्यक्षमा शम्भु चौधरीलाई चयन गरिएको छ । यसैगरी सदस्यमा राजकुमार परियार, दीपेन्द्र भट्ट, विष्णुदेव चौधरी, दयाराम भट्टराई, देवेन्द्र खङ्ग, ध्रुवनारायण चौधरी, गुडु थापा मगर, दीपेन्द्र चौधरी र दीपक यादव रहनुभएको छ ।
विशेष साधारणपछि सङ्घमा देखिएको विवाद अन्त्य भई क्लब र सङ्घबीच एकता र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास लिएको अध्यक्ष बस्नेतको भनाइ छ । यही साउन १० गते गरिएको साधारणसभाबारे जानकारी नै नगराइएको भन्दै विभिन्न क्लबले तीव्र असन्तुष्टि जनाएपछि बिहीबार विशेष साधारणसभा गरिएको थियो ।

No comments: