३३ दलीय मोर्चामा खटपट, मात्रिका अलग्गिए
१८ साउन, काठमाडौ । नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा खटपट सुरु भएको छ । सरकारसंगको वार्ता प्रक्रिर्याको बिषयलाइ लिएर मोर्चाभीत्र दरार पैदा भएको हो ।
सरकारसंग वार्ता गर्नुको औचित्य नभएको भन्दै मात्रिका यादव नेतृत्वको नेकपा माओवादी गठबन्धनको निर्णयप्रति असहमति जनाउदै बैठकबाट बाहिरिएपछि मोर्चाको विबाद सतहमा आएको हो ।
सरकार र राजनीतिक संयन्त्रसंग वार्ता गर्नुको औचित्य नभएकोले राष्टपतिसंग मात्र वार्ता गर्नुपर्ने आफूहरुको मान्यता रहेको यादवले बताए । यादवले मोहन बैद्य नेतृत्वको मोर्चासंग सहकार्य गर्नेबारे पुर्नबिचार गर्ने बताएका छन ।
बैठकमा आफूहरुको नामै उल्लेख नगरी नेकपा माओवादीलाइ मात्र सरकारले पत्र पठाएको भन्दै कतिपय दल रुष्ट बनेका थिए । यादवले अन्य पार्टीपनि ३३ दलको आजको निर्णयप्रति सहमत नभएको दावी गरेका छन ।

No comments: