Breaking News

ससपा चुनावमा जान तयार

१९ साउन, काठमाडौ । संघीय समाजवादी पार्टीले समानुपातिक तर्फको सिटसंख्या बढाए चुनावमा जान सहमत भएको छ । एकीकृत माओवादीका अध्यक्ष एवं उच्चस्तयिर राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसंग आज भएको भेटमा सो पार्टीका अध्यक्ष अशोक राइले समानुपातिक प्रणाली तर्फको सिटसंख्या बढाए चुनावमा जान तयार भएको बताएका हुन् ।

प्रचण्डका सहयोगीहरुका अनुसार राइले निर्वाचन प्रणालीको प्रतिसत विगतकै जस्तो कायम गर्नुपर्ने बताएका थिए । विगतको निर्वौचनमा ५८ प्रतिसत समानुपातिक र ४२ प्रतिसत प्रतक्षको अनुपात थियो । अध्यक्ष प्रचण्डले समानपातिक तर्फको सिटसंख्या बढाउने वारे सकारात्मक आश्वासन दिएका राई निटक स्रोतले जानकारी दियो ।

उच्चस्तरिय राजनीतिक समितिको बैठकअघि असन्तुष्ट दलसंग परामर्श गर्ने हिजोको सहमति अनुसार प्रचण्डले राइसंग परामर्श गरेका हुन् । सोही बिषयलाई लिएर कांग्रेस सभापति सुशील कोइरालाले पनि माओवादी अध्यक्ष मोहन बैद्यसंग छुट्टै परामर्श गरेका छन् ।

How about this Article

No comments:

Leave a Reply