स्तनपान गराउन जान्दैनन् आमाहरू
विश्व स्तनपान सप्ताह मनाइरहँदा जनस्वास्थ्य अधिकृत श्रीवास्तवले आमाहरूले यस्तो विषयमा ज्ञान राख्न आवश्यक भएको बताए । उनले स्वास्थ्य सन्देशको प्रचार–प्रचारको क्रममा फिल्डमा जाँदा अधिकांश आमाहरूले स्तनपान गराउन नजानेको पाइएको बताए ।‘बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दूधबाहेक केही पनि खुवाउनु हुन्न, तर धेरै आमाहरू आङ्खनो दूधसँगै पानी, अन्य कुराको रस खुवाउने गरेको पाइयो,’ उनले भने, ‘९८ प्रतिशत आमाहरूले बच्चालाई दूध त चुसाउँछन्, तर दूधसँगै अरू वस्तु पनि खुवाउँछन्, जुन गलत हो ।’
मकवानपुर जिल्लामा ६ महिनामुनिका करिब ५ हजार ५ सयजना बालबालिका छन् । यी अधिकांश बालबालिकालाई आमाको दूधसँगै अन्य वस्तुको रस पनि खुवाउने गरेको उनले बताए ।
५३ प्रतिशत आमाहरूले मात्रै ६ महिनामुनिका बालबालिकालाई दूध मात्रै खुवाउने गरेका छन् भने खबर राजधानी दैनिकमा छ ।यसैगरी, १९ प्रतिशत आमाहरूले ६ महिनामुनिका बालबालिकालाई स्तनपानसँगै पानी खुवाउने गरेका छन् । यस्तै, १३ प्रतिशत आमाहरूले सो उमेरका बच्चालाई गाई वा भैंसीको दूध पनि खुवाउँछन् । १३ प्रतिशतले दूधसँगै लिटो, जाउलो, तथा २ प्रतिशतले फलपूmलको रस खुवाउने गरेको श्रीवास्तवले बताए ।

No comments: