उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दै
संविधानसभा सदस्य संख्या बढाउनुपर्ने असन्तुष्ट दलहरुको मागमा प्रमुख दल नै विभाजित भएपछि त्यसमा समाधान खोज्न समितिको बैठक बस्न लागेको हो । दिउँसो समितिको कार्यालय नयाँ बानेश्वरमा बस्ने बैठकमा असन्तुष्ट दललाई निर्वाचनमा ल्याउन संविधानसभामा समानुपातिक प्रणालीबाट निर्वाचित हुनेको संख्या बढाउनुपर्ने विषयमा छलफल केन्द्रित हुने दलहरुले बताएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमाले संविधानसभामा समानुपातिक संख्याको प्रतिशत बढाउने नाममा संविधानसभाकै आकार ठूलो बनाउन नहुने अडानमा छन । तर, एमाओवादी र मधेसी दल असन्तुष्ट दललाई निर्वाचनमा ल्याउने हो भने समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने प्रतिशत बढाउनै पर्ने पक्षमा उभिएका छन् ।
त्यस्तै आजको बैठक नेकपा माओवादी सहितका दलले राखेको ११ बुदे र २५ बुदे सहमति संसोधन गर्नुपर्ने राखेको मागका विषयमा पनि छलफल हुनेछ ।

No comments: