Breaking News

भारतिय दुतावासमा बम विष्फोट, ८ को मृत्यु

blast in indian consultant१९ साउन,एजेन्सी । अफतानिस्तानमा रहेको भारतिय दुतावासमा आत्मघाती बम आक्रमण भएको छ। बम आक्रमण दुतावासको बाहिर भएको हो ।अफगानिस्तानक जलालावादमा रहेको दुतावासमा भएको आक्रमणमा ८ बालबालिकाको ज्यान गएको छ भने २१ घाइते भएका छन् ।

बम विष्फोटमा भारतिय दुतावासका सवै सुरक्षित भएको नयाँ दिल्लीबाट भारतिय अधिकारीहरुले जनाएका छन् ।तर स्थिति भने सन्तोषजनक नभएको बताइएको छ।केही दिन यता भारतिय दुतावासमा आक्रमण हुने र राजदुतमाथी ज्यानको खतरा भएको सुचना आएको समाचार प्रकाशित भएका थिए।भारत सरकारले भारतिय राजदुत अमर सिन्हालाई बुलेटप्रुफ ज्याकेट बिना बाहिर ननिस्कन भएको भारतिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

भारतिय सञ्चारमाध्यमले भारतिय सरकारको हवाला दिँदै पाकिस्तानी गुप्तचार संस्था आईएसआईले हक्कानी नेटवर्कका दुइ तालीबानीलाइ पाँच लाख रुपैया दिएको समाचार छापेका छन्।

तस्बिर:एपी

How about this Article

No comments:

Leave a Reply