Breaking News

अल कायदाले आक्रमण गर्नसक्ने चेतावनी

America Flag१९ साउन, एजेन्सी । अमेरिकाले शुक्रबार अल कायदाले आक्रमण गर्नसक्ने भनी विश्वव्यापी रूपमा चेतावनी जारी गरेको छ यसै गरी उसले इस्लामी विश्वमा आफ्नो दूतावास बन्द रहन आदेश दिएको छ ।बेलायतले पनि यमनस्थित आफ्नो दूतावास अस्थायी रूपमा बन्द राखिने जानकारी दिएको छ । अमेरिकी सांसदहरूले मुलुकमा अल–कायदासँग आवद्ध संस्थाबाट यस्तो कार्य हुनसक्ने चेतावनी दिएका छन् ।


अमेरिकी विदेश मन्त्रालयले यस्तो आक्रमण मध्यपूर्व तथा उत्तर अफ्रिकामा सम्भव रहेको जानकारी दिएको छ । यसैगरी यस्तो कार्य अरब प्रायद्वीपबाट आरम्भ हुनसक्ने पनि उल्लेख गरिएको छ ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो राष्ट्रिय सुरक्षा समूहलाई अमेरिकी जनताको रक्षाका लागि उचित सबै पाइला लिन आदेश दिनुभएको ह्वाइट हाउसका एक अधिकारीले बताए ।अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकका लागि जारी गरेको विश्वव्यापी चेतावनीमा अल–कायदा तथा ऊसँग सम्बन्धित संस्थाहरूले यस क्षेत्र तथा सोभन्दा बाहिर पनि आक्रमण गर्न निरन्तर योजना बनाएको र उनीहरूले हाल र अगस्त महिनामा अन्त्यबीचका अवधिमा आक्रमण गर्नसक्ने उल्लेख गरिएको छ ।

चेतावनीमा सार्वजनक यातायात प्रणाली तथा पर्यटन संरचनामा यस प्रकारको आक्रमण हुनसक्ने उल्लेख गरिएको छ ।ह्वाइट हाउसका गुप्तचर समितिमा काम गरिसकेका रिपब्लिकन सांसद पिटर किङले गत १० वर्षमा भन्दा यस वर्ष निकै स्पष्ट चेतावनी प्राप्त भएको बताउनुभयो ।पूर्व सावधानीका लागि अमेरिकी विदेश मन्त्रालयले धेरै इस्लामिक मुलुकमा रहेका २२ वटा दूतावास तथा वाणिज्य दूतावास आइतबार बन्द रहने उल्लेख गरेको छ ।यसबाट अरब मुलुक, अफगानिस्तान, बङ्गलादेश तथा इजरायलमा रहेका प्रायः सबै यस्ता कार्यालयहरू बन्द रहने बताइएको छ ।अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता म्यारी हार्फले केही दूतावास तथा वाणिज्य दूतावासले आइतबारपछि पनि बन्द रहने निर्णय गर्नसक्ने जानकारी दिइन् ।बेलायतले यमनस्थित आफ्ना दूतावास आइतबार तथा सोमबारका लागि बन्द गरेको र आफ्ना कर्मचारी फर्काएको जानकारी विदेश मन्त्रालयले दिएको छ ।

एक अमेरिकी अधिकारीले आफ्नो परिचय नदिने सर्तमा स्पष्ट, विश्वसनीय तथा खण्डन गर्न नसकिने सूचना प्राप्त भएकाले यस प्रकारको विशेष चेतावनी जारी गरिएको जानकारी दिए ।सन् १९८८ मा स्कटल्यान्डको लकर्बीको आकाशमा पान आम विमानमा बम विस्फोट भएपछि अमेरिकाले आफ्ना कर्मचारीलाई जारी गरिएको जानकारी उसका नागरिकलाई पनि दिनुपर्ने हुन्छ ।यस प्रकारको चेतावनीको सूचना सार्वजनिक गर्दा अमेरिकी सरकारले आफ्नो कर्मचारीप्रति सतर्कता अपनाएको आलोचना हुने गर्छ र राष्ट्रपति ओबामाले यस्तो कार्य सुरक्षाका लागि आवश्यक भएको बताउनुभएको छ ।बिहीबार रसियाले एडवर्ड स्नोडनलाई शरण दिएकोमा अमेरिकाले क्रुद्ध प्रतिक्रिया व्यक्त गरेको छ ।


अमेरिकी ठेक्केदार स्नोडनले अमेरिकी सुरक्षा व्यवस्थाका बारेमा विवरण चुहाएका थिए ।गत वर्ष सेप्टेम्बर ११ मा लिबियाको बेनघाजीमा अमेरिकी वाणिज्यदूतावासमा आक्रमण भएपछि यस्तो आक्रमण रोक्न ओबामा प्रशासनले थप कार्य गर्न नसकेको भनी रिपब्लिकन सांसदहरूले आलोचना गरेको थिए ।उक्त आक्रमणमा अमेरिकी राजदूत क्रिस स्टिभनका साथै चार अमेरिकी कर्मचारीको मृत्यु भएको थियो । उक्त आक्रमणका लागि नैतिक जिम्मेवारी तत्कालिन विदेशमन्त्री हिलारी क्लिन्टनले लिनुभएको थियो ।ओबामा प्रशासनले सन् २०११ मा पाकिस्तानको अबोटाबादमा लुकेर रहेका ओसामा बिन लादेनलाई मारेको थियो । रासस

How about this Article

No comments:

Leave a Reply