Breaking News

नम्रता ओरालो लाग्दै


namarataअचेल नेपाली चलचित्रमात्र नचलेका होइन्, नायक, नायिका पनि त्यति चलेका छैनन् । कलाकारलाई एक पछि अर्को चलचित्र पाउन मुस्कीलै पर्ने गरेको छ ।

चलचित्र निर्माण हुने क्रममा जतिनै बृदि भएपनि यस क्षेत्रमा प्रवेश गर्ने कलाकारको बढ्दो संख्याले नव कलाकार मात्र हैन नाम चलेका कलाकारहरु पनि पारिश्रमिकमा सम्झौता गर्न थालेका छन् ।कति कलाकारले आफ्नो पारिश्रमिक ड्रेस भए पुग्छ भन्छन् त कति सित्तैमा पनि खेल्छन् । कोही कलाकार भने चलचित्रको भिसीडी तथा विदेश राइटमा पनि अभिनय गर्ने गरेका छन्

।यस्तै भिडमा अभिनेत्री नम्रता श्रेष्ठपनि देखिएकी छन् । ‘मेरो एउटा साथी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नम्रताको अश्लील भिडियो सार्वजनिक भए पछि एकाएक हराउन पुगिन् ।पहिलो चलचित्रबाटै महँगो अभिनेत्रीको सूचीमा पर्न सफल नम्रता प्रेमी किचमानसँगको अश्लील भिडियो काण्डले पछाडि धकेलिन पुगिन् । ब्लु भिडियो काण्ड पनि उनलाई महँगो पारिश्रमिक तिर्न त परैजाओस् नायिकाको रुपमा लिने पनि भेट्न मुस्किल पर्‍यो उनलाई ।त्यसपछि नम्रताले केही चलचित्रमा अभिनय गरिन् तर पारिश्रमिको बदला केहीमा ड्रेस त कहीले कुन विषयमा चित्त बुझाउनु पर्‍यो ।

पछिल्लो समयकै कुरा गर्ने हो भने अभिनेत्री नम्रताले दुई चलचित्र ‘मेघा’ र ‘मौन’मा अभिनय गरेकी छन् । यि दुबै चलचित्रबाट नम्रताले पारिश्रमिक पाएकी छन् ।अभिनयको साटो नम्रताले विभिन्न देशका प्रर्दशन राइट लिएकी छन् । ‘मेघा’का लागि हङकङ राइट लिएकी नम्रताले ‘मौन’का लागि अष्ट्रेलियामा राइट लिएको बताईन् ।यि दुबै देशमा गरिएका चलचित्रको सो बाट उठेको रकम नम्रताले पारिश्रमिका रुपमा पाउने छिन् ।

तर सो भएन भने पारिश्रमिक पाउने छैनन् ।शुरुकै चलचित्रबाट महँगी अभिनेत्रीको सूचीमा पर्न सफल नम्रताले त्यति बेला दाया–बाया नगरेर अभिनयमै लागि भए सायद अहिले यो दिन त भोग्नु पर्ने थिएन नी ?

साभार :

How about this Article

No comments:

Leave a Reply