Breaking News

नेपाली फुटबल टोली आज बहराइन जाँदै

nepali football team२० साउन, काठमाडौ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली आज बहराइन जाँदै छ । भदौ १६ गतेबाट काठमाडौंमा सुरु हुने साफ च्याम्पियनसिप फुटबलको तयारीका क्रममा नेपाली राष्ट्रिय टोली आइतबार बहराइन जान लागेको हो ।

भ्रमणका क्रममा नेपाली टोलीले २ साता अभ्यासका साथै केही मैत्रिपूर्ण फुटबल खेल्नेछ ।बहराइन जानुअघि एन्फाले शनिबार २५ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोली दुई सातापछि कुवेत जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

 साफको तयारीका क्रममा ३० खेलाडी झण्डै दुई महिनादेखि प्रशिक्षणमा छन् ।

How about this Article

No comments:

Leave a Reply