लेखनाथको ईको पानीमा लेउ भेटियो
पोखरा १७ पार्दी स्थीत एक चियापसलमा राखिएको मिनिरल वाटरको वोतलमा अखाद्य पदार्थ लेउ भेटिएको पसल संचालक एक महिलाले बताईन । आफ्नो नाम नवताउने शर्तमा उनले भनीन “ एक महिना अघि ५ काटुट मिनिरल वाटर झारेकी हु तर अहिले पानीको म्याद छदै इको पानीको वोतलमा लेउ भेटियो“ । इको पानीमा लेउ देखे पछि आफ्ना ग्राहकको सङख्यामा समेत कमि आएको उनको भनाई छ ।सुक्रबार एक उपभोक्ताले पानी किनेर खान खोज्दा इको पानीको वोतलमा हरियो लेउ भेटिएको थियो ।
यस अघि पनि इको पानीमा पोखराको सृजनाचोक, गैरापाटन लगायतको क्षेत्रमा अखाद्य पदार्थ भेटिएको थियो । यसै विच तारा मिनिरल वाटर एण्ड वेभरेज प्रा.लि. मालेपाटन पोखरा ५ को उत्पादन ईको ड्रिंकिङ वाटरले आफ्नो ब्राण्डबाट अर्को कम्पनिले बजारमा पानी विक्रि वितरण गर्दै आएकोमा कार्रवाहीको माग गर्दा समेत हाल सम्म आफुले न्याय नपाएको गुनासो गरेको छ भने खबर कारोबार दैनिक पत्रिकाले छापेको छ ।२०६३ साल भदौं ९ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई आफु्हरुले पोखराको क्षेत्रमा ईको पानी विक्रि वितरण गर्दै आएको समयमा केहि बर्षदेखि लेखनाथ ८ शिसुवाको ईको ड्रिंकिङ वाटर प्रालिबाट आफ्नै ब्राण्डबाट ईको पानी बजारमा विक्रि वितरण गरेको भन्दै तारा मिनिरल वाटर एण्ड वेभरेज प्रा.लिले कार्रवाहीको माग गर्दै उजुरी गरेको थियो ।
तारा मिनिरलका प्रा.लिका प्रबन्ध निर्देशक प्रदिप गौचनले पछिल्लो समयमा लेखनाथबाट उत्पादन भएको ईको पानीमा बजारमा अखाद्य पर्दाथ भेटिएको पटक पटक समाचार आएको हुनाले त्यसले प्रत्यक्ष आफ्नो व्यावसायमा असर पर्न गएको हुदा ईको पानीको ब्राण्ड तत्काल परिवर्तन गर्न माग गरेका छन ।

No comments: