Breaking News

असन्तुष्ट दलकाका कडा कडा सर्त

१९ साउन, काठमाडौ । मंसीर चारको लागि घोषित निर्वाचनप्रति असन्तुष्ट रहेका दलले कडा कडा सर्त राखेपछि उच्चस्तरिय राजनीतिक समिति आफै अफ्टयारोमा परेको छ । नेकपा माओवादीले मंसीरको चुनाव सारेर राजनीतिक दलको नेतृत्वमा चुनाव गर्नुपर्ने बताएको छ भने अन्य दललेपनि जटिल माग राखेका छन् ।

माओवादी प्रवक्ता पम्फा भुसालले यथास्थितीमा हुने मंसीर चारको निर्वाचनमा भागलिन आफूहरु बार्तामा जान लागेको कुरा गलत भएको बताइन । ‘बर्तमान सरकारको विस्थाप, राजनीतिक सहमतिको नयाँ सरकार गठन र संविधान बन्ने सुनिश्चितता खोजेका हौ’ उनले भनिन । मधेशी जनअधिकार फोरमले मंसीर चारको चुनावका लागि अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदवाट राजीनामा दिनुपर्ने सर्त कायम रहेको बताएको छ । नेपाली कागे्रसका वरिष्ठ नेता शेरबहादुर देउवासंगको भेटमा अध्यक्ष उपेन्द्र यादवले रेग्मीले प्रधानन्यायाधीश पदवाट राजीनामा गर्नुपर्ने आफूहरुको सर्त रहेको बताएका हनु । अशोक राइको पार्टीले समानुपातिक तर्फको सिटसंख्या बढाएमात्र चुनावमा भागलिने बताएको छ ।


एमाओवादी अध्यक्ष प्रचण्डसंगको भेटमा सो पार्टीका अध्यक्ष अशोक राइले समानुपातिक तर्फको सिटसंख्या बढाउनु पर्ने बताएका हुन । मंसीर चारको चुनाव नजिकैदै गर्दा असन्तुष्ट दलका कडा सर्तले राजनीतिक समिति अन्यौलमा परेको छ । मधेशी मोर्चाको माग अनुसार मतदाता नामावली संकलनको समय थपगर्न तयार भएपनि समानुपातिक निर्वाचनको प्रतिसत बढाउने कुरा संविधान संशोधन गर्नुपर्ने बिषय भएकोले समिति निर्णयमा पुग्न सकेको छैन ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल अमेरिका भ्रमणमा व्यस्त तथा कागे्रस सभापति सुशील कोइराला आइतवार भारत भ्रमणमा जाने भएपछि असन्तुष्टको माग पूरा गर्नेवारे निर्णयमा पुग्न समय लाग्ने आजको बैठकमा सहभागि एक प्रभावशाली नेताले जानकारी दिएका छन ।

How about this Article

No comments:

Leave a Reply