माओवादी मोर्चालाई आज चिठी पठाउने तयारी
२० साउन, काठमाडौ । उच्चस्तरीय राजनीतिक समितिले नेकपा माओवादी सहितको मोर्चालाई आज चिठी पठाउने तयारी गरेको छ । समितिका संयोजक एमाओवाद अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विना सर्त सहितको चिठी पठाउने स्रोतले जनाएको छ ।
चिठीको भाषाका विषयमा शनिबारको बैठकमा नै सहमति भइसकेको छ आज आइतबार प्रचण्डले चिठी पठाउने सल्लाह भएको छ ती नेताले भने ।उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादी लगायतका असन्तुष्ट दलहरुलाई फेरि वार्ताका लागि पत्र पठाउने भएको छ । यसअघि पठाएका दुईवटा पत्रको भाषा नमिलेको भन्दै नेकपा–माओवादी नेतृत्वको मोर्चाले मोर्चाकै नाममा पत्र पठाउनुपर्ने बताएपछि समितिले यस्तो निर्णय गरेको हो ।
शनिबार समितिको कार्यालय नयाँबानेश्वरमा बसेको बैठकपछि एकीकृत एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले वार्ताका लागि फेरि आव्हान गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार पहिले माओवादीले सर्त भनि अर्थाएको व्यहोरालाई परिमार्जन गरी अर्को पत्र पठाउने निर्णय भएको हो ।
“निर्वाचन कार्यतालिका घोषणा भैसकेको अवस्थामा वार्ताको लागि ढिलाई नगर्न समितिले अर्को पत्र पठाउने निर्णय गरेको हो” श्रेष्ठले भने, “अब पनि वार्तामा नबसे असन्तुष्ट दलले समाधान नचाहेको प्रष्ट हुन्छ ।” यसअघि पठाइएको पत्रमा सर्त राखिएको भन्दै समितिसँग वार्तामा बस्न नेकपा–माओवादी नेतृत्वको मोर्चाले अस्वीकार गरेको थियो ।
बिनासर्त वार्ताका लागि पत्र पठाउने भन्दै असन्तुष्ट दलहरु वार्तामा आउने आशा समितिले गरेको एमाले नेता रघुजी पन्तले बताए । “पहिले पठाइएको व्योहोरामा उहाँहरुका केही असन्तुष्टि रहेकाले आज विना सर्त पत्र पठाउने निर्णय भएको छ” एमाले नेता पन्तले भने, “समितिले अब सहज रुपमा वार्ता हुने आशा लिएको छ ।

No comments: