खुमबहादुर जेलमुक्त हुँदा ४० हजार टिसर्ट बाँड्ने तयारी
२०, साउन काठमाडौं ।भ्रष्टाचार कसुरमा सदरखोर डिल्लीबजार जेलमा रहेका कांग्रेस नेता खुमबहादुर खड्का छुट्न अझै दुईमहिना बाँकी नै छ ।तर जेलबाट छुट्दा उनको स्वागतका लागि अहिलेदेखि नै सहयोगिले तयारी थालेका छन् । खड्काको स्वागत गर्न आउने कार्यकर्तालाई बाँड्न उनका सहयोगिले ४० हजार वटासम्म टिसर्ट बनाउँदै छन् ।
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले खड्काको स्वागतमा आउने सबै कार्यकर्तालाई टिसर्ट वितरणको तयारी भईरहेको बताए ।सेतो टिसर्टमा पछाडी बीपी कोइरालाको तस्विर र अगाडी तरुण लेखिएको भण्डारीले बताए ।नवलपराशी कांग्रेस सभापति देवेन्द्रराज कँणेलले पनि १५ हजार टिसर्ट तयार भईसकेको बताए । उनी भदौ ६ गते जेल परेका थिए ।
सर्वोच्च अदालतले खड्कालाई डेढबर्ष कैदका साथै ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उनी असोज २६ गते रिहाँ हुँदैछन् । त्यसपछि उनी देश दौडाहामा निष्कने कांग्रेस नेताहरुले जनाएको नयाँ पत्रिकाले छापेको छ ।

No comments: