कोइराला आज भारत भ्रमणमा जादै
कोइराला आज अपरान्ह पौन चार बजे एयर इण्डियाको बिमानबाट नया दिल्ली जाने कांग्रेसले जनाएको छ ।साउन २५ सम्म हुन लागेको भ्रमणमा क्रममा नेपालले बाँकेको लक्ष्मणपुर बाँधका विषयमा पहिलो प्राथमिकतामा कुरा राख्नेछन् । कोइरालाले भोलि प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्नेछन् ।यसैगरी मंगलबार कोइरालाले कांग्रेस गठनबन्धन नेतृ सोनिया गान्धी र विदेश मन्त्री सलमान खुर्सिदसँग भेटवार्ता गर्नेछन् ।
यसअघिका राजनीतिक नेताहरुभन्दा अलग रहेर कोइरालाले उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादव र विहारका नितिश कुमारलाई आगामी बुधबार तथा बिहीबार दिन बिराएर भेट गर्न जाने भएका छन् ।उनले विपक्षी दलकी नेतृ सुस्मा स्वराजसँग पनि भेटवार्ता गर्दैछन् । कोइरालाका साथमा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह दिल्ली आउने भएका छन् । भारत जानुअघि उनले हिजो परराष्टविद्हरुसँग छलफल गरेर एजेण्डा पनि तय गरेका छन् ।

No comments: