Breaking News

प्रचण्डले लेखे किरणलाइ तेस्रो पत्र

Prachanda one२० साउन, काठमाडौ । वार्ताका लागि आह्वान गर्दै उच्चस्तरिय राजनीतिक समितिका संयोजक एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणलाइ आज तेस्रो पत्र लेखेका छन ।

उच्चस्तरिय समितिको शनिवारको निर्णय अनुसार प्रचण्डले ३३ दलीय मोर्चालाइ संवोधन गरि नयाँ पत्र लेखेका उनका सहयोगीहरुले जानकारी दिएका छन । यसअघिको पत्रमा सर्त राखिएको भन्दै ३३ दलीय मोर्चाले असन्तुष्टि जनाएपछि यसपटक ‘नरम भाषा’ प्रयोग गरिएको छ ।

शुक्रवार बसेको ३३ दलीय मोर्चाको बैठकले सरकार र राजनीतिक समितिसंग वार्ता गर्ने नीतिगत निर्णयगर्दै नयाँ पत्र पठाउन आग्रह गरेको थियो । प्रचण्डको पत्र पाएपछि मोर्चाले गठन गरेको पाँच सदस्यीय कार्यदलले वार्ता मिति तोक्ने बताइएको छ ।

How about this Article

No comments:

Leave a Reply