Breaking News

कालीगण्डकीको निशानामा पर्वतबेनी

parbat२० साउन, पर्वत । पर्वतको दोस्रो व्यापारिक केन्द्र पर्वतबेनी बजार कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको छ । पर्वतको माझफाँट–३, पर्वतबेनीको डाँडाबारी बस्ती कालीगण्डकी नदीको निशानामा परेको हो ।नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध हालैको बाढीले बगाएपछि स्थानीय त्रसित छन् ।

गत साता आएको वर्षासँगैको बाढीले ५० मिटर तटबन्ध भत्काएपछि कालीगण्डकीले धार परिवर्तन गरी बस्तीतर्फ कटान गर्न थालेको छ ।कटानका कारण बजारका २५ भन्दा बढी घर उच्च जोखिममा परेका उद्योग वाणिज्य संघ उपशाखा मल्लाजका कार्यबाहक अध्यक्ष भीष्म मल्लले जानकारी दिए । उनले भने, “नदी नियन्त्रका लागि तत्काल पहल नगर्ने हो भने वारिबेनीका २ सय ५० भन्दा बढी घरपरिवार विस्थापित हुने खतरा बढ्दै गएको छ ।”उद्योग वाणिज्य संघ पर्वतले नदी नियन्त्रणका लागि पहल गरिदिन विभिन्न निकायसँग माग गरेको छ ।

जिल्ला विकास समिति, जिल्ला प्रशासनलगायतका निकायमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न संघले माग गरेका हो ।यसैबीच, बजार व्यवस्थापन समितिले वर्षात्को समयमा बजारवासी त्रसित र रातभर जाग्राम बस्नुपरेको भन्दै दीर्घकालीन व्यस्थापनका लागि माग गरेको छ । समितिले जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय पोखरासँग अनुरोध गर्ने तयारीसमेत गरेको उपशाखाका कार्यबाहक अध्यक्ष मल्लले जानकारी दिए ।

How about this Article

No comments:

Leave a Reply