Breaking News

साफ च्याम्पियनसिप फुटबल आगामी भदौ १६ गतेदेखि २६ गतेसम्म हुने

saff football२१ साउन, काठमाडौ । आगामी भदौ १६ गतेदेखि २६ गतेसम्म काठमाडौमा हुने साफ च्याम्पियनसिप फुटबल नेपाली राष्ट्रिय टोलीले घोषणा गरिएको छ ।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ज्याक स्टेफेनोस्की र रिचर्ड ओर्लास्कीले २५ सदस्यीय टोली घोषणा गरेका हुन् ।राष्ट्रिय टोलीमा गोलरक्षकका रुपमा किरणकुमार लिम्बु, रितेश थापा र विशाल श्रेष्ठ छन् ।

रक्षकमा सागर थापा, सन्दीप राई, रोहित चन्द, विराज महर्जन, रविन श्रेष्ठ, सविन्द्र श्रेष्ठ, विजय धिमाल र अनन्त तामाङ छन्।मिडफिल्डमा जगजित श्रेष्ठ, राजु तामाङ, भोलानाथ सिलवाल, विजय गुरुङ, विक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, टंकबहादुर बस्नेत र टेकबहादुर बुढाथाकी छन्.।

यसैगरी स्ट्राइकरमा जुमानु राई, भरत खवास, सन्तोष साहुखल, अनिल गुरुङ र विमल घर्ती मगर छन्। टोलीमा परेका अधिकाश खेलाडी पुरानै छन्। नेपाली टोली अभ्यासका लागि आज कुवेत जाँदैछ। टोलीले बहराइनमा समेत अभ्यास खेल खेल्ने छ। टोली भदौ ९ गते स्वदेश फर्कनेछ।

How about this Article

No comments:

Leave a Reply