Breaking News

काठ तस्करीमा एसएसपी नै संलग्न

२१ साउन, काठमाडौं ।प्रहरीको गाडी प्रयोग गरेर काठ तस्करी गरेको आरोपमा सगरमाथा अञ्चलका प्रहरी प्रमुख भोगबहादुर थापा प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

अञ्चल प्रहरी कार्यालयको बा १ ग २२०१ नम्बरको टाटा भ्यानमा ३५ क्युविक अवैध सखुवाका गोलया फेला परेपछि तस्करीको आशंकामा प्रधान कार्यालयले उनलाई तत्काल केन्द्रमा तानेको हो ।

 बुधबार काठ लोड भएको प्रहरीको गाडीलाई सामुदायिक वन कर्मचारीले नियन्त्रणमा लिएर अवैध काठको कारोबार गरेको आरोपमा वनलाई बुझाएका थिए ।

How about this Article

No comments:

Leave a Reply