Breaking News

पानीले जोगायो इङ्ल्याण्डलाई, तेस्रो टेस्ट बराबरी

australian team at ashes२२ साउन, काठमाडौ । इङल्याण्डमा जारी अष्ट्रेलिया र इङल्याण्डबीचको एसेज सिरिजको तेस्रो टेष्ट बराबरीमा टुङ्गिएको छ । अन्तिम दिनको खेल बर्षाका कारण प्रभावित भएपछी खेल बराबरीमा टुङ्गिएको हो ।


ओर्ल्ड ट्राफोर्डमा अष्ट्रेलियाद्दारा प्रस्तुत ३ सय ३२ रनको विजय लक्ष्य पछ्याउने क्रममा निकै खराब सुरूवात गरेको इङल्याण्डले वर्षाका कारण खेल सुचारू हुन नसक्दा खेलमा इङ्ल्याण्डलाई फाइदा भएको छ । मात्र ३७ रनमा तीन विकेट गुमाएको इ.ल्याण्डका लागी वर्षा वरदान नै सावित भयो ।

खेलमा निकै कमजोर स्थितिमा देखिएको इङल्याण्डले तेस्रो टेस्ट गुमाउने खतरा बढिरहेका बेला पानीले खेल प्रभावित बनेपछी खेल इङ्ल्याण्डको भाग्य बलियो बनेको थियो । यसअघि अष्ट्रेलियाले अघील्ला दुई टेस्टमा गरेको खराब प्रदर्शनलाई सुधार्दै पहिलो इनिङमा मात्र ७ विकेट गुमाउँदै ५ सय २७ रनको योगफल तयार गरेको थियो । जवाफमा ब्याटिङ थालेको इङ्ल्याण्डले आफ्ना सबै विकेट गुमाउँदै ३ सय ६८ रनको योगफल तयार गरेको थियो ।

पहिलो इनिङमा नै १ सय ५९ रनको अग्रता लिएको अष्ट्रेलियाले दोस्रो पारीमा १ सय ७२ रन जोड्दै पारी समाप्तिको घोषणा गरेको थियो । यसपछी दोस्रो इनिङमा ३ सय ३२ रनको विजय लक्ष्यका साथ ब्याटिङ थालेको इङ्ल्याण्डले मात्र ३७ रन जोड्दा ३ विकेट गुमाएको थियो भने वर्षाले खेल प्रभावित बनेपछी खेल बराबरीमा टुङ्गिएको थियो ।

How about this Article

No comments:

Leave a Reply