जापानले पहिलोपटक अन्तरिक्षमा पठायो बोल्ने रोबोट:तस्विरसहित
जापानले आइतबार तानेगासिमाबाट अन्तरिक्षमा उक्त रोबोट प्रक्षेपण गरेको हो । उक्त बोल्ने रोबोटले अन्तरिक्षमा पुगेर पृथ्वीमा रहेको अर्को रोबोटसँग कुराकानी गर्नेछ ।
यो रोबोट युनिभरसिटी अफ टोक्योका रोबोट डिजाइनर टोमोटाका ताकाहासीले बनाएका हुन् । उनले बनाएको उक्त किरोबो रोबर्ट करिब ३४ सेन्टिमिटरको रहेको छ भने यस रोबोटमा मानिस को जस्तै रिसाउने, हास्ने, तथा अन्य बानी समेत भएको बताइएको छ ।
रोबोट बनाएका ताकाहासीले रोबोटलाई अन्तरिक्षमा पठाउनु अन्तरिक्षको इतिहासमा एउटा नयाँ अध्याय थपिएको बताएका छन् ।

No comments: