निल आर्मस्ट्रंगले टेकेका थिएनन् चन्द्रमामा पाइला:तस्विरसहित
अन्तरिक्ष यात्री निल आर्मष्टंगले चन्द्रमामा पहिलोपटक पाइला चालेको इतिहास हामीले पढ्दै आएका छौ । तर, केही विशेषज्ञहरू भने यसलाइ मान्न तयार छैनन् अर्थात् निल आर्मस्ट्रंगले पहिलोपटक चन्द्रमामा पाइला नटेकेको दावी गरेका छन् । केही एयरोनेटिकल इन्जिनियरहरू तथा केही अमेरिकी सैनिक पाइलटहरूले पनि यस कुरालाई मान्न तयार छैनन् । उनीहरूले निल आर्मष्ट्रंगले चन्द्रमामा पाइला टेकेको कुरालाई शतप्रतिशत झुठ भएको दावी गरेका छन् । उनीहरूका अनुसार अमेरिका रूसले पहिलोपटक अन्तरिक्षमा मानव पठाएको कुराबाट निकै रिसाएको तथा ईर्श्या गरिरहेको थियो ।
सोही ईर्श्यालाई मेटाउनका लागी अमेरिकाले एक स्टुडियोमा चन्द्रमामा पुगेको नाटक रचेको समेत दावी विशेषज्ञहरूले गरेका छन् र त्यहाँ खिचिएका तस्विरहरूको अध्ययनबाट यसलाई पुष्टी समेत गरेका छन् । उनीहरूले त्यहाँ लिइएका तस्विरहरूको सुक्ष्म अध्ययन गरेर निल आर्मष्ट्रंगले चन्द्रमामा पाइला टेकेको कुरालाई गलत साबित गरेका छन् । चन्द्रमामा पाइला टेकेको भनेर देखाइएको एक तस्विरमा अमेरिकी झण्डा चन्द्रमामा गाडिएको देखाइएको छ ।
निल आर्मष्ट्रंगसँगै रहेको उक्त झण्डा फहराइरहेको कारण विशेषज्ञहरू यो झण्डा चन्द्रमामा नरहेको बताउँछन् । चन्द्रमामा हावा नबहने भन्दै उनीहरुले उक्त झन्डा हावामा फहराइरहेको भन्दै यो एउटा झुठ भएको बताएका छन् । यस्तै, आर्मष्ट्रंगले लगाएको हेलमेटमा देखिएको दृश्यमा समेत फोटो खिच्ने कोही पनि नदेखिएको बताएको छ । यता नाशाले आफ्नो बचाउ गर्दै अर्का अन्तरिक्ष यात्रीले तस्विर खिचेको र हेलमेटमा नै क्यामरा जडान गरिएकाले उक्त तस्विर खिचेको जस्तो नदेखिएको बताएको छ । यस्तै, चन्द्रमाका सबै तस्विरहरूमा कालो मात्र देखिएको छ ।
आकाशमा ताराहरु देखिनुपर्ने भएपनि कालो भन्दा अरू केही देखिएको छैन् । यता नाशाले भने चन्द्रमाको सहत सूर्यको प्रकाशले चम्किलो भएको कारण त्यहाँबाट तस्विर देख्न मुस्किल भएको बताएको छ । तस्विरमा देखिने छायाँमा समेत फरक-फरक छायाँको प्रकृति देखिएकाले उक्त छायाँ फरक-फरक कोणबाट दिइएको प्रकाश कारण देखिएको विशेषज्ञहरूको दावी छ । यता नाशाले भने चन्द्रमामा फरक-फरक ठाऊँबाट प्रकाश आउने गरेको बताएका छन् । उनले पृथ्वी र सूर्यबाट फरक-फरक आएको प्रकाशले त्यस्तो आकृती बनेको दावी गरेको छ ।

No comments: