Breaking News

अख्तियार अधिृकतलाई नै भ्रष्टाचारी भन्ने प्रहरी हिरासतमा

२२ साउन, काठमाडौं ।‘तँ को होस्, तेरो के हैसियत छ ? तैँले ममाथि छानविन गर्ने ? तैं भ्रष्टाचारी ....।’ विराटनगर मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई यसरी तथानाम गाली गरे कि जुन सुन्न पनि गाह«ो प¥यो ।

ब्यानका लागि अख्तियारमा डाकिएका शर्माले अनुसन्धान अधिकृतलाई मुखमा आएजति गाली गरेपछि उनी प्रहरी हिरासतमा जानुपरेको छ । उनले सञ्चालन गरेको मडिकल कलेजको सम्बन्धन र उनको डाक्टर उपाधिबारे बयान लिन अख्तियारमा डाकिएको थियो । बयानका लागि आईतबार तारिख तोकिएपनि उनी अटेर गरेर सोमबार मात्र उपस्थित भएका थिए ।

शर्माले आफ्नो नामको अगाडी डाक्टर लेखेपनि शंकास्पद रहेकाले उनको प्रमाणपत्र र कलेजको सम्बन्धनमाथि छानविन भईरहेको अख्तियारका एक अधिकारीले जानकारी दिएको अन्नपुर्ण पोष्ठले खबर छापेको छ ।

How about this Article

No comments:

Leave a Reply