३३ नेता नै वार्तामा बस्ने
२२ साउन, काठमाडौं ।नेकपा–माओवादीले नेतृत्व गरेको ३३ दलीय मोर्चाका ३३ प्रतिनिधी नै राजनीतिक समितिसँग वार्तामा बस्ने भएका छन् ।
आइतवार चारदलीय संयन्त्रको वार्ताका लागि तेस्रो पत्र आएपछि सोमवार नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा बसेको आन्दोलनरत ३३ दलीय गठबन्धनको बैठकले चारदलीय संयन्त्रसँग औपचारीक वार्तामा बस्ने निर्णय गरेको हो ।वार्ता आज एक बजे समितिको कार्यालय बानेश्वरमा हुने भएको छ ।
वार्ताका लागि कुनैपनि कार्यदल गठन नगरेर ३३ दल सबैका प्रतिनिधीसहितको टोली औपचारीक वार्तामा बस्ने उनीहरुले निर्णय गरेका छन् । ३३ दलको बैठकपछि नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले चारदलीय संयन्त्रसँग औपचारीक वार्तामा बस्ने निर्णय गरेको जानकारी दिए ।
वैद्य नेतृत्वको मोर्चासँग १ बजे वार्ता गर्ने बताइएको छ भने उपेन्द्र यादव नेतृत्वको मोर्चासँग विहान ११ बजे वार्ताको तयारी भईरहेको उच्चस्तरिय राजनीकि समितिले जनाएको छ ।

No comments: