आचारसंहीतामा प्रेस काउन्सिल र आयोगबीच विवाद
२२ साउन, काठमाडौं ।आगामी संविधानसभा निर्वाचनका बेला सञ्चारमाध्यमहरुले पालना गर्नुपर्ने आचारसंहीता अनुगमनबारे निर्वाचन आयोग र प्रेस काउन्सिलबीच विवाद भएको छ ।
आफैं अनुगमन गर्ने भन्दै आयोगले केही गैरसरकारी संस्थाका मान्छेलाई यसको जिम्मा दिन खोजेको आरोप काउन्सिलले लगाएको छ ।२०६४ चैत २८ गतेको संविधानसभा चुनाव र त्यसको एकवर्षपछि भएको उपचुनाव प्रेस काउन्सिलले अनुगमन गरेको थियो । “यसपाली पनि हामीले नै गर्ने भन्ने थियो तर निर्वाचन आयोगले आफैं गर्ने भन्दै केही गैरसरकारी संस्थालाई दिने तयारी गरेको छ,”प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले भने ।आयोगले आचारसंहीताबारे अनुगमन गर्न आयुक्त ईला शर्माको संयोजकत्वमा समिति बनाएको छ ।
आयुक्त शर्माले भने आफ्नो काम आफैं गर्न लागेको बताईन् ।“यो निकै ठुलो काम हो, गत संविधानसभा चुनावमा पाँचकरोड रुपैँया खर्च भएको थियो । तर अहिले तयारी प्रतिवेदनबाहेक यसको डाटा समेतपाईदैन,” उनले भनिन्,“गैरसरकारी संस्थाका प्रतिनिधीलाई परामर्शदाताको रुपमा लिन सक्छौं ।

No comments: