Breaking News

'इन्जेक्सन' लगाउँदा बालिकाको तत्काल मृत्यु"

२२ साउन, काठमाडौ । ज्वरो आएर उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा भर्ना गरिएकी स्याङ्जा छाडछाङ्दी धरमपानीकी ८ बर्षीया बिनिता काफ्लेको आइतबार 'इन्जेक्सन' दिनेबित्तिकै मृत्यु भएको छ ।

गत शुक्रबार अस्पतालमा भर्ना भएकी उनलाई बिहान ७ बजेतिर नर्सले 'इन्जेक्सन' लगाएपछी एक्कासी बान्ता भएको आफन्तले बताए । 'नर्सले अर्कै बेडको बिरामीसँग सुई मागेर लगाइदिएपछी छोरी हुक्क गर्दै बान्ता गरेर अचेत भइ, 'बालिकाकी आमा रूपाले भनिन्, 'त्यसपछी गार्डले बोकेर आइसियूमा लगेका थिए, आधा घन्टापछी सास छाडी भनेर सुनाए ।'चार दिनसम्म वालिङको एक मेडिकलबाट औषधी ल्याएर खुवाउँदा पनि निको नभएपछी उनलाई गण्डकी अस्पताल ल्याइएको थियो ।

अस्पतालले उनलाई भर्ना गर्नुपर्ने बताएपछी उनलाई भर्ना गरी उपचार सुरू गरिएको थियो । आइतबार बेलुकी खाना खाएर राम्रोसँग हिडडुल गरेकी उनको नशाबाट औषधी दिएलगत्तै उनको मृत्यु भएपछी उनका आफन्तले उनको मृत्युको कारण स्पष्ट गर्न भनेका थिए ।

अस्पतालले उनको उच्च ज्वरो आएको र स्वास फेर्न गाह्रो भएपची आइसियूमा लगिएकोजानकारि दिएको समाचार आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ । अस्पतालले आफूहरूले कुनै लापरवाही नगरेको स्पष्ट पारेपछी परिवारले उनको शव बुझेर लगेको अस्पतालले बताएको छ ।

How about this Article

No comments:

Leave a Reply