आफैलाई धिकार्दैछिन् नायीका कट्रिना
आफ्नो पहिलो चलचित्र 'बुम'मा बिकिनीमा सिन दिएर चर्चामा आएकी नायीका कट्रिनाले आफूले अब कुनै पनि चलचित्रमा बिकिनीमा अभिनय नगर्ने तथा बाहिर पनि बिकिनी पहिरनमा नदेखिने बताएकी थिइन् ।
तर, पछिल्लो पटक उनी स्पेनमा बिदा मनाउँदै गर्दा बिकिनीमा रमाइरहेको तस्विर सार्वजनिक भएपछि आफ्नो बाचा तोडिएको भन्दै आफैले गल्ति गरेको महसुस गरेकी छिन् र उक्त गल्तिप्रति आफैलाई धिकार्दै पनि छिन् ।
आफू स्पेनमा बिदा मनाउँदै गर्दा समुन्द्री बीचमा बिकिनीमा देखिएपछी त्यहाँ रहेका भारतीयहरूले उनको बिकिनीको तस्विर लिएका थिए । उनले आफुले यसरी भिडमा बिकिनीमा रमाउनु गल्ति भएको भन्दै आफ्नो व्यक्तिगत बिदा भएपनि आफुले गरेको उक्त कार्य प्रति निकै निराश भएको उनी निकट साथिहरूले बताएका छन् ।
नायीका कट्रिनाले चलचित्र धुम-३ मा समेत बिकिनी सिन दिन मानेकी थिइनन् । उनले आदित्य चोपडालाई बिकिनी लगाउन गरेको आग्रहलाई समेत तोड्दै उनले यस्तो विचार मनमा समेत नल्याउन आग्रह गरेकी थिइन् ।

No comments: