Breaking News

एमालेले बाजी मार्यो, एमाओवादी चौथो

२४ साउन, काठमाडौं । नेकपा एमाले र एनेकपा माओवादी दल दर्ताको क्रममा पहिलो हुने प्रतिष्पर्धा गर्दै चर्को विवादमा उत्रिएका भएपनि अन्ततः एमालेले बाजी मारेको छ ।


संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आब्हान गरेकै दिन एमाले र एमाओवादीबीच पहिला कसले दर्ता गर्ने भन्ने विषयमा विवाद भएको थियो । आयोगले पछि निर्णय गर्ने भन्दै तत्कालका लागि विवाद साम्य पारेको थियो । आयोगले अन्तिम अवस्थामा दर्ता गरेकै आधारमा दलहरुको क्रम सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको सुचीमा एमाले पहिलो स्थानमा रहेको भने एमाओवादी चौथो स्थानमा छ ।

दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राप्रपा नेपाल, चौथोमा एमाओवादी र पाँचौमा नेपाल मजदुर किसान पार्टी रहेको हिमालय टाईम्सले खबर छापेको छ ।

How about this Article

No comments:

Leave a Reply