Breaking News

निर्वाचन क्षेत्र पुर्ववत हुने

२४ साउन, काठमाडौं ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले २ सय ४०  निर्वाचन क्षेत्र यथावत राखि प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
स्रोतका अनुसार संवैधानिक अड्चन र राजनीतिक असमझदारीलाई ध्यानमा राखेर आयोग २०६४ को संविधानसभाका लागि कायम गरिएका क्षेत्र नचलाउने निष्कर्षमा पुगेको हो ।

यसो गर्दा जिल्लामा कायम सिट संख्या यथावत रहेपनि केहीमा जनसंख्याको क्षेत्रगत असन्तुलन मिलाउने गृहकार्य अघि बढाएको छ ।
आयोगका एक अधिकारीका अनुसार आगामी शनिबारभित्रै सरकारलाई प्रतिवेदन बुझाउने गरी काम भईरहेको कान्तिपुरले खबर छापेको छ ।

How about this Article

No comments:

Leave a Reply