उदाहरण दिएर बाबुरामले उडाए राजतन्त्रको खिल्ली
उनले सामाजिक सञ्जालमा तीन उदाहरण प्रस्तुत गर्दै राजतन्त्रलाई मक्किएको बताएका छन् । उनले अहिलेको समयमा मध्ययुगिन गणतन्त्रभन्दा आधुनिक गणतन्त्रनै उपयुक्त हुने बताएका छन् । उनले चुडिएको तुइन र चुहिने झूपडी जस्तै बनेको राजतन्त्रले देशलाइ केही दिन नसक्ने भन्दै लोकतान्त्रिक गणतन्त्र नै उपयुक्त भएको बताएका हुन् ।
उनले पक्की पुल बनाउँदा र पक्की घर बनाउँदा केही समय बढी लाग्ने उदाहरण प्रस्तुत गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न पनि केही समय लाग्ने धारणा व्यक्त गरेका छन् । मक्किएको राजतन्त्रलाई फ्याँकेर नयाँ लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नु सहज नभएको समेत उनको भनाई छ ।

No comments: