लोकमानसिंहको डरले एमाले नेताको छोराको बिहे भोज रद्ध
अख्तियारले मंगलबार अपिल जारी गरेका कारण भोज स्थगित गर्नुपरेको खरेलले बताए । ' अख्तियारका प्रवक्तालाई उद्धृत गरेर ऐनअनुसार मात्र भोज गर्नु भनेको समाचार आयो, म पनि चाडपर्वमा कम खर्चिलो गरी मनाउनुपर्छ भन्ने मान्यता राख्छु', खरेलले भने, ' म पनि कानुन मान्छु, ध्यानाकर्षण गराउँदागराउँदै मैले यस्तो भोज गर्दा सीधै कानुन उल्लघंन हुन्थ्यो ।'
खरेल अन्तरिम संविधानका मस्यौदाकार हुन् । एमाले केन्द्रीय सदस्य उनी विघटित विघटित संविधानसभाका दसस्य पनि हुन् । उनका छोरा निशान र भतिजा राजन खरेलको गत महिना विबाह भएको थियो । नेता खरेलका अनुसार दुवैको एउटै भोज आयोजना गरिएकाले ७-८ सयजनालाई निम्ता बाँडिएको समाचार आजको अन्नपूर्ण दैनिकले प्रकाशित गरेको छ ।
आफूले परिवार, कानुनव्यवसायी साथीभाई र एमाले कार्यबाहक अध्यक्ष वामदेव गौतमसँग सल्लाह गरेर यस्तो निर्णय लिएको उनले बताए । कानुन असान्दर्भिक भए त्यसलाई संशोधन गरी अद्यावधिक गर्नुपर्ने तर राज्यले ध्यानाकर्षण गराउँदागराउँदै उल्लंघन गर्न नमिल्ने उनले बताएका छन् ।

No comments: