Breaking News

नोकियाले उडायो आईफोनको खिल्ली: तस्विर र भिडियो सहित

nokia ad about lumia 925 and iphone२५ साउन, एजेन्सी। चर्चित मोवाइल कम्पनी नोकियाले प्रतिष्पर्धी आईफोनको खिल्ली उँडाएको छ । नोकियाले आईफोन नामै तोकेर र उदाहरण दिएर आईफोनको विरुद्ध विज्ञापन तयार पारेको हो ।

नोकियाले लुमियाको ९२५ को एक विज्ञापनमा एप्पलको 'फोटोस एभ्री डे' नामक स्लोगनलाई उडाएको छ। नोकियाको विज्ञापनमा नोकिया ९२५ क्यामेरा र आईफोनको क्यामेरालाई तुलना गरिएको छ । फोटोको तुलनालाइ एउटै फ्रेममा राखेर समेत देखाइएको छ।

नोकियाको विज्ञापनमा आईफोनको विज्ञापन प्रयोग भएकै स्लोगन प्रयोग गरिएको छ। आईफोनमा प्रयोग गरिएको स्लोगन-"Every day more photos are taken on the iPhone than any other phone." नै नोकियाले पनि प्रयोग गरेको छ, त्यसपछी नोकियाले एउटा अर्को लाइन थपेको छ-Nokia prefers to build for quality and not just quantity."
त्यसपछि एउटै फ्रेममा लुमिया ९२५ र आईफोनका खिचिएका तस्विरको विभिन्न मोडमा तुलना गरिएको छ ।
प्रष्टै छ नोकियाले आफ्नो क्यामेरा आईफोनको भन्दा कयौं गुना राम्रो छ भन्न यति गरेको हो ।
हेरौ आईफोन विज्ञापन


नोकियाको विज्ञापनमा यसरी उडाइएको छ आईफोनलाई, हे्र्नुस

How about this Article

No comments:

Leave a Reply