प्रचण्डले भने मदन भण्डारीसँग मेरो एउटा कुरा मिल्छ
२५ साउन, काठमाडौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जननेता मदन भण्डारीसंग एउटा बिषयमा समानता रहेको बताएका छन् । परंपरावाद र जडसुत्रवादसंग संघर्ष गर्ने बिषयमा भण्डारीसँग आफ्नो विचार मिल्ने उनको भनाइ थियो ।
कान्तिपुर टेलिभिजनबाट बिहिबार राती प्रशारित दिशानिर्देश कार्यक्रममा अध्यक्ष प्रचण्डले मदन भण्डारी र आफू नेतृत्वमा आउँदाको परिस्थिती भने भिन्नै रहेको बताएका हुन् । ‘मदन भण्डारी एउटा वैचारिक ढंगले नेतृत्वमा आउनु भयो', प्रचण्डले भने, 'मेरो भने भिन्नै हो, दशौ हजारको बलिदानीपछि म नेतृत्वमा आएको हुँ ।’
अध्यक्ष प्रचण्डले ‘ठोस परिस्थितीको ठोस विश्लेषण’गर्न आफू माहिर रहेको दावी गरे । कम्युनिष्टहरुको सोच्ने तरिकामा अन्तराष्ट्रिय प्रभाव पर्ने गरेको भएपनि त्यसलाई सन्तुलनमा ल्गाउन आफू सफल भएको उनले दावी गरे । बैद्यजीमा सैद्धान्तिक विचलन अध्यक्ष प्रचण्डले नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यलाई संविधानसभाको हतियार पुरानो भयो भ्रमणका कारण संविधानसभाको विरोध गरेका दावी गरे ।
चुनावमा पराजीत भइन्छ भन्दापनि संविधानसभा भनेको सामान्त दलाल बर्गको एजेण्डा भयो भन्ने सोचाइका कारण बैद्यहरूले संविधानसभाको विरोध गरेको प्रचण्डले आरोप लगाए ।

No comments: