प्रचण्ड माधव नेपालकोमा, बैद्य रामचन्द्रकोमा
२५ साउन, काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले भेटेको भोलीपल्टै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
प्रचण्डले माधव नेपाललाई भेटिरहेको समयमा नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । नेता नेपाललाई भेट्न प्रचण्ड नेपालको निवास कोटेश्वर पुगेका छन् भने, पौडेललाई भेट्न बैद्य पौडेल निवास बोहोराटार पुगेका छन् । यसअघि बैद्यले हिजो मात्रै नेता नेपालसँग भेटवार्ता गरेका थिए ।
नेता नेपाल संगको भेटमा अध्यक्ष बैद्यले उच्चस्तरिय संयन्त्रका अध्यक्ष प्रचण्ड आफूहरुका मागप्रति गम्भीर नभएको गुनासो गरेका थिए । कांग्रेसका कार्यबहाक सभापति कोइरालासँगपनि बैद्यले सोही कुरा राखेको बुझिएको छ । मंसीर चारको चुनाव नजिकिदै गर्दा नेताहरुको भेटवार्ता बाक्लिएको छ ।
भेटमा माओवादीका प्रभावशाली नेता डा. वाबुराम भट्टराई समेत सहभागि रहेका नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए ।

No comments: