Breaking News

कोइरालाले नितिश कुमारसंग के कुरा गरे ?

sushil koirala२५ साउन,काठमाडौ। । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र विहारका मुख्यमन्त्री नितिशकुमारबीच आज पटनाको नयाँमार्गस्थित नितिश निवासमा भएको भेटवार्ता भएको छ ।
सो अवसरमा दुबै नेताहरुबीच कोशी र गण्डक बाँधबाट उत्पन्न भएको डुबान समस्या मिलेर समाधान गर्ने सम्बन्धमा छलफल भएको छ ।
कोइरालाको स्वागतमा आयोजित रात्रीभोजसहितको दुई घण्टा लामो भेटमा मुख्यमन्त्री नितिश कुमारले डबान दुवै देशको साझा समस्या भएकाले त्यसतर्फ आवश्यक कदम चाल्न आफू तयार रहेको उल्लेख गर्नुभएको भ्रमण दलमा सहभागी काँग्रेसका युवा नेता तथा स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिनुभयो ।
सो अवसरमा आफ्ना पुराना मित्र कुमारसँग कोइरालाले अन्तरसीमा अपराध नियन्त्रणबारे समेत कुराकानी गर्नुभयो ।
सो अवसरमा नितिश कुमारले तोकिएको मितिमा चुनाव भई नेपालले समृद्धि, स्थायित्व र शान्तिको बाटो लिने आशा व्यक्त गर्दै चुनावका लागि आवश्यक सहयोग गर्न भारत सदा तत्पर भएको स्पष्ट पार्नुभयो ।
सो अवसरमा सभापति कोइरालाले चुनाव मंसिर ४ गते नै हुने र त्यसमा सीमा क्षेत्रको सुरक्षामा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।
यसअघि कोइरालाले कोलघरमा अवस्थित विपी कोइरालाको सालिकमा पुष्पगुच्छा चढाउनुभयो ।
राससको सहयोगमा..




How about this Article

No comments:

Leave a Reply