रामचन्द्रको घरमा विप्लप पड्केपछि
कांग्रेसका शीर्ष नेतासँगको भेटमा नेकपा-माओवादीका नेताहरूले वार्ताको नाममा हतार नगर्न आग्रह गरेका हुन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलको निवास बोहोराटारमा आज बिहान भएको भेटवार्तामा माओवादी नेताहरूले संविधानको अन्तरवस्तुमै सहमति कायम गर्न आग्रह गरेका हुन् । भेटवार्तामा नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरण र नेता नेत्रविक्रम चन्द विप्लव सहभागि थिए ।
नेपाली काग्रेसका तर्फबाट पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा उपस्थित थिए । भेटपछि माओवादी अध्यक्ष बैद्यले आफूहरू निर्वाचनको विरोधी नभएको बताए । ‘हामी चुनावका विरोधी होइनौ, संविधानका बिषयवस्तुमा पहिलै सहमति गरेर जाऔँ भनेका मात्र ।', वैद्यले भने, 'वार्ताको नाममा हतार नगरौ ।’
माओवादी नेताहरूले मंसीरको चुनाव स्थगन गरेर चैतमा गर्न प्रस्ताव गरेनि काग्रेसले भने चुनाव सार्ने कुरा असंभव भएको बताएको थियो । नेपाली काग्रेसका उपसभापति पौडेलले नेकपा-माओवादीलाई निर्वाचनमा सहभागि हुन आग्रह गरेको बताए । उनले माओवादीपनि चुनावमा सहभागि हुने विश्वास व्यक्त गरेका थिए ।
बैठक स्रोतका अनुसार अध्यक्ष बैद्यले उच्चस्तरिय राजनीतिक संयन्त्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना मागलाई हल्का ढंगले लिएको भन्दै गुनासो गरेका थिए ।
सचिव विप्लवले नेकपा-माओवादीलाई वाइपास गरेर चुनावमा जाने निर्णयमा नगर्न सचेत गराएका थिए । ‘माओवादीलाई दवाएर चुनावमा जान खोजिए त्यसको परिणाम राम्रो हुदैन', विप्लवले भनेका थिए ।

No comments: