Breaking News

अधिकांस नायिका तीजका गीतमा नाचे

लोकगीत भने पछि नाक खुम्च्याउने अनि आफूलाई आधुनिक दावी गर्ने नेपालका अधिकांस नायिका अहिले तीजका गीतमा नाचेका छन् ।


फिल्मी बजार ओरालो लागेपछि धेरै नायक म्यूजिक भिडियोतिर लागेका बेला नायिकाहरू भने तीजका गीतसम्म आइपुगेका छन् । आधुनिक र लोकगीतका म्यूजिक भिडियोमा आकल झुकल देखिने नायिकालाई अहिले तीजका गीतमा छ्यापछ्याप्ती नाचेको  देख्न पाईन्छ । यसको कारण नायिकाले चलचित्र नपाउनु साथै उनीहरु अभिनित चलचित्रले राम्रो व्यापार नगर्नु हो ।


म्यूजिक भिडियोमा अभिनयका लागि चर्को पारिश्रमिक लिने नायिकाहरु अहिले गायक, गायिका र म्यूजिक कम्पनिले दिने रकममा अभिनय गरिरहेका छन् । अहिलेको तीजमा  महानायक राजेश हमालदेखि एक दर्जन फिल्मका नायिकाहरु तीजका गीतमा कम्मर मर्काएका छन् । व्यवसायिक विज्ञापनका लागि विभिन्न टिभीमा देखाइने तीज गीतका प्रोमोमा नायिकाको अभिनय देख्न पाइन्छ ।

हिजोआज व्यस्त भनिएका नायीकाहरू नीता ढुंगाना, अनु शाह , बेनिशा हमाल, नन्दिता केसी, रेजिना उप्रेती, सुष्मा कार्की , दीपाश्री निरौलालगायतका नायीकाहरू तीजको गीतमा कम्मर भाँचेका छन् । गायिका सुनिता दुलालले राजेश हमाललाई तीजको गीतमा नचाएपछि नायिका नचाउने लहड चलेको छ । गीतकार लोकराज अधिकारीको संकलन रहेको ‘जसो परे पर्ला..भन्ने  गीतमा पाँच जना नायिका एकैसाथ नाचेका थिए  ।


पुष्पाञ्जली म्यूजिकले बजार पठाएको यस तीजको गीतमा रिमा विश्वकर्मा, दीपाश्री निरौला, नन्दिता केसी, बेनिसा हमाल र निरू खड्काले अभिनय गरेका छन् । त्यस्तै, अर्की गायिका रमिला न्यौपानेले पहिलो पटक रेजिनामा उप्रेतीलाई आफ्नो तीज गीतमा नचाएकी छन् ।

बिगत केही बर्षका तीजका गीतमा सामान्य लोकगीतमा अभिनय गरिरहने कलाकारलाई अभिनय गराउदै आएकी रमिलाले अहिलको तीज गीतमा ठूलै मेहनेत गरेर रेजिनालाई अभिनय गराएकी थिइन् । धेरैजसो तीजका गीतमा शंकर बिसी, सम्झना बुढाथोकी, विजय थापा, बव्बु थापा, सगुन श्रेष्ठ, पार्वती राईले अभिनय गर्दै आएका थिए ।

तीजे हिरो भनेर चिनिने गायक पशुपति शर्माको एउटा गीतमा अभिनयमा माहिर मानिने नीता ढुंगानाले अभिनय गरेकी छन् । केटाले तीजको गीत गाएको र केटा नै नाचेर तीज गीत बिग्रियो भन्ने गुनासो बढिरहेको बिषयलाई समेटिएको गीतमा नीता ढुंगानाले राम्रो अभिनय गरेकी छन् ।

How about this Article

No comments:

Leave a Reply