माइक्रोम्याक्स मोबाइल फोनका मालिक घुस दिएको आरोपमा पक्राउ
अग्रवालका साथमा सरकारका पाँच अधिकारी पनि पक्राउ परेको बताइएको छ ।
केन्द्रीय अन्वेषण ब्युरोले यी अधिकारीहरूले अग्रवालसँग घुस मागेको तथा स्वीकार गरेको आरोप लगाइएको जानकारी दिएको छ । उनीहरूले ३० लाख रूपैया अग्रवाल तथा उनका सहयोगी टुलीसँग लिएको बताइएको छ ।
यी सबैलाई अगस्त १९ सम्मका लागि सङ्घीय प्रहरी हिरासतमा राखिएको प्रेस ट्रस्ट अफ इन्डियाले जानकारी दिएको छ ।
सीबीआईले जारी गरेको एक विज्ञप्तिमा गत साता अग्रवाल तथा टुलीलाई सार्वजनिक कर्मचारीलाई घुस दिँदै गर्दाका अवस्थामा पक्राउ गरिएको जानकारी दिइएको छ ।
विज्ञप्तिमा सीबीआईले यस विषयमा एक योजना बनाएको र आरोपित व्यक्तिलाई घुस दिएको रकमसहित पक्राउ गरिएको उल्लेख गरिएको छ ।
यस विषयमा म्याक्रोम्याक्सका अधिकारीहरूले तत्कालै कुनै प्रतिक्रिया व्यक्त गरेनन् ।
माइक्रोम्याक्सको टेलिफोनले भारतको स्मार्टफोनको बजारमा १९ प्रतिशत भाग ओगट्ने बताइएको छ । एएफपी

No comments: