Breaking News

नेपालका लागि स्वर्ण पदक दिलाउन सफल खेलाडी नारायण आचार्य सम्मानित

३१ साउन, काठमाडौ । यही साउन २० गते जापानमा सम्पन्न ३७ औँ विश्व कराते प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक दिलाउन सफल खेलाडी नारायण आचार्य सम्मानित भएका छन् ।
आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा आयोजित सम्मान कार्यक्रममा पदकधारी आचार्यलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले सम्मान गर्नुभयो ।
सम्मानित खेलाडी आचार्यले केम्पोकाई कराते जितेपछि आफूलाई जापानले जति सम्मान गरेको थियो त्यति सम्मान यहाँ नपाएको बताए ।
उनले केम्पोकाई करातेको ‘टिम फाइट’ विधामा नेपालको चुनौती पेस गर्नुभएको थियो ।
सो खेलका प्रशिक्षक फत्तबहादुर गुरुङका अनुसार प्रतियोगितामा १३ राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो । रासस


How about this Article

No comments:

Leave a Reply