वैद्यसँग निर्णायक वार्ता हुँदै
३२ साउन, काठमाडौं । नेकपा–माओवादीको नेतृत्वमा रहेको आन्दोलनरत मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच निर्णायक वार्ता हुने भएको छ । अपरान्ह ४ बजेपछि समितिको कार्यालय नयाँ बानेश्वरमा हुने वार्तामा निर्णायक छलफल गरिने समितिका एक सदस्यले बताएका छन् । वैद्य नेतृत्वको मोर्चाले चैत १ गते भएको सहमति खारेज, दलीय नेतृत्वमा सरकार गठन, गोलमेच सम्मेलनबाट निकास, संविधानधानका अन्तरबस्तुमा सहमति लगायतका माग राखेको छ । उच्चस्तरीय राजनीतिक समितिले भने उनीहरुका माग पुरा गर्न नसकिने खालको बताउँदै आएको छ । एकचरणको वार्ता भईसकेकाले निर्णायक तहमा पु¥याउने गरी छलफल अघि बढाइने समितिका एक सदस्यको भनाई छ ।

No comments: