Breaking News

नेपाल अफगानिस्तानसँग भिड्दै, बलिङ गर्दै नेपाल

१ भदौ, काठमाडौ । सिंगापुरमा आजबाट सुरू हुन लागेको एसीसी इमर्जीङ कप टिम्स कप क्रिकेटमा नेपालले अफगानिस्तानसँग भिड्दैछ । आज हुने पहिलो खेलमा नेपालले टस जितेर अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ । श्रीलंकामा २ साता अभ्यास गरेपछी नेपाली टोली सिंगापुर पुगेको हो ।

नेपालले आज अफगानिस्तानविरूद्ध पहिलो जित दर्ता गर्दै अफगानिस्तानसँगका पछिल्ला खेलहरूमा भएको हारको बदला लिन चाहन्छ । तर, नेपालका लागी जित दर्ता गर्नु त्यति सहज भने छैन् । नेपालले सन् २००६ को एसीसी ट्रफीदेखि गत वर्ष काठमाडौंमा भएको एसीसी ट्वान्टी २० कपको फाइनलसम्मका कुनै पनि खेलमा अपगानिस्तानमा पराजित गर्न नसकेको कारण पनि आजको खेलमा जित हात पार्दै अफगानिस्तानसँग बदला लिनुपर्ने देखीन्छ ।
यस्तै, नेपाल समूह ए मा रहेको छ भने नेपालसँग अफगानिस्तानसहित भारत यु-२३ र पाकिस्तान यु-२३ टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।
यसैबिच अफगानिस्तानले अहिले ब्याटिङ थालेको छ । भर्खर ब्याटिङ थालेको अफगानिस्तानले ३ ओभरको समाप्तिमा बिना विकेट ५ रन जोडेको छ ।

How about this Article

No comments:

Leave a Reply