चक्रेलाई अस्पताल लाँदा चलखेल
जेलका कैदीलाई वीर अस्पताल लैजाने गरिएको भएपनि चक्रेलाई भने उनकै इच्छा अनुसार शिक्षण अस्पताल पठाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । शिक्षण अस्पताल चक्रेकै क्षेत्र भएकाले उनी त्यहाँ गएको प्रतिवेदनमा लेखिएको छ ।
चक्रेले जेलमै बाहिरबाट साथीहरु बोलाएर जन्मदिनको पार्टी दिएको तथा प्रहरी अधिकारीले फोटो खिचेको घटनाको सम्बन्धमा गठन गरिएको छानबिन समितिले जेलाका सुरक्षा प्रमुख डिएसपी रमेश खड्काको समेत अनुगमनको कमजोरी रहेको औँल्याएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख विजयलाल कायस्थ संयोजकत्वको छानविन समितिले अन्य ६ प्रहरीलाई भने विभागीय कारबाहीको सिफारिस गरेको छ ।
समितिमा महाशाखाकै एसपी हरि पाल र आयुक्त कार्यालयका एसपी लोकेन्द्र मल्ल सदस्य थिए । सो समितिले केहीदिनअघि महानगरीय प्रहरी आयुक्त एआइजी नवराज ढकाललाई प्रतिवेदन बुझाएको छ ।
राज्यले अपराधी भनेको व्यक्तिसँग पदीय आचारणविपरित फोटो खिचेको र ड्युटीमा लापरबाही गरेकोले ६ प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गरिएको समिति स्रोतले जनाएको छ । उनीहरुलाई यसअघि नै जिम्मेबारीबाट बिमुख गराई दुई नम्बर गणमा सरूवा गरिएको समाचार आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ ।

No comments: