धर्म विवादले राप्रपामा चर्काचर्की
राप्रपामा पशुपति शमसेर, लोकेन्द्र बहादुर चन्द र प्रकाशचन्द्र लोहनी हिन्दु धर्मको एजेण्डा लिएर निर्वाचनमा जानुपर्ने भन्दै पार्टीमा सोही प्रस्ताव लिएर अगाडि बढेका छन् तर पार्टी अध्यक्ष सूर्यबहादुर थापा भने देश धर्मनिरपेक्षतामा गइसकेकाले पार्टि पनि सोही बाटोमा हड्नुपर्ने अडानमा छन् । पार्टीको विधानमा नै सनातन सर्वधर्म उल्लेखभएका कारण सोही मुद्धा लिएर निर्वाचनमा जानुपर्ने अध्यक्ष थापाको अडान छ ।
यस्तै, राप्रपाका उच्च नेताहरू हिन्दु धर्मको पक्षमा रहेपनि जनजाती नेताहरू भने धर्म निरपेक्षताको पक्षमा देखिएका छन् । उनीहरू देश धर्मनिरपेक्षतमा गइसकेकाले पार्टी पनि सोही एजेण्डामा हिड्नुपर्ने बताउँदै आएका छन् ।
यता राणाले भने हिन्दुधर्मको नारा छाडे पार्टीका कार्यकर्ता राप्रपा नेपालमा जाने भन्दै राणाले हिन्दुधर्मकै बाटोमा लाग्नुपर्ने अडान राखेका छन् ।

No comments: