गुगल ५ मिनेटलाई बन्द
यसरी गुगल बन्द भएपछी मानिसहरूले सामाजिक सञ्जालमा यसबारे चर्चा गरेका छन् । धेरै मानिसहरूले गुगलको प्रयोग गर्ने गरेको उनीहरुले गरेको चर्चा तथा कमेन्टबाट थाहा भएको छ ।
गुगल केही बेरका लागी बन्द हुँदा त्यहाँबाट आउने धेरै ट्राफिक आउन नसकेको बताइएको छ । करिब ४० प्रतिशत ट्राफीक गुगलबाट आउने गरेको आफ्नो कम्पनीको वेबसाइटमा समेत उक्त संख्यामा मानिसहरूले हेर्न नसकेको दावी गोस्क्वायर्डले जनाएको छ ।
यता गुगलले पनि आफूहरू यसबारे जानकार रहेको जनाएको छ । जिमेल प्रयोगकर्ताहरूलाई जिमेल मार्फत नै आफूहरु समस्याबारे जानकार रहेको जनाउँदै अब सबैले पहिले जस्तै गरी जिमेल चलाउन सक्ने तर कहिलेकाँही केही इरोर मेसेजहरु देखिन सक्ने सम्भावना रहेको पनि गुगलले जनाएको छ ।

No comments: