शान्ति समाजको सभापतिमा मुक्ति ढुङ्गाना
सन्दिप खत्री
म्याग्दी १ भदौ । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ ।
अधिवेशनले मुक्ति ढुङ्गानाको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । शाखाको उपसभापतिमा राजेन्द्र आचार्य, सचिवमा ठाकुरप्रसाद शर्मा, कोषाध्यक्षमा यामकुमारी केसी र सहसचिवमा ईन्द्रबहादुर विश्वकर्मा चयन हुनुभएको छ । यसैगरी संस्थाका सदस्यहरुमा बिष्णु सापकोटा, सन्तोष गौतम, बिमला गौचन, नगेन्द्रप्रसाद गौतम, निर्मला श्रेष्ठ, मकुन्दप्रसाद आचार्य, अमृतदेवी बानिया र डण्डपाणी शर्मा चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले मानवअधिकार, शान्ति, लोकतन्त्र र स्थायीत्वका लागि नयाँ संबिधान बन्नुपर्ने भएकाले सबै पक्षको सहभागितामा तोकीएको समयमै संबिधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।
यसैगरी मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य रामजिप्रसाद सुवेदी, पुर्व शाखा सभापति तथा एमनेष्टी ईन्टरनेशनलका सभापति सञ्जयकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघका सचिव हरिकृष्ण गौतमले मानवअधिकारबादी संघ संस्थामा आफूलाई अप्ठ्यारो पर्दा आवद्ध हुने र आफ्नो आवश्यकता पुर्ती भएपछि निश्क्रीय हुने विकृती बढेको भन्दै सचेत बन्नुपर्ने बताउनुभयो ।
मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाका निवर्तमान सभापति लक्ष्मणप्रसाद शर्माको अध्यक्षता, सचिव राजेन्द्रप्रसाद आचार्यको सञ्चालन र सहसचिव ईन्द्रबहादुर विश्वकर्माको स्वागतमा सम्पन्न साधारणसभा तथा अधिवेशनमा प्रस्तुत आर्थिक तथा प्रगति प्रतिवेदन पनि पारित भएको छ ।

No comments: