Breaking News

दीपिका नं १, नायीका क्याट्रिनालाई टेन्सन

katrina kaif and deepika padudoneनायीका क्याट्रिना आजकल निकै तनावमा छिन् । यसैको नतिजा हुन सक्छ,उनी आजकल मुडअफमा रहने गरेकी छिन् भने स-साना कुरामा पनि रिसाउन थालेकी छिन् ।

स्पनेको आइबिजामा प्रेमी रणबीर कपुरसँग मस्ति गरेर फर्के यता उनी पटक्कै खुसी छैन् ।
पहिले त उनी आफ्ना नीजि कुरा मिडियाले सार्वजनिक गरिदिएकोमा क्रुद्ध थिइन् । उनले मिडियाको नाममा चिठी नै लेखेकी थिइन् । उनी र रणवीर कपुर आइबिजा बिचमा रमाउँदै गरेको तस्विर एक भारतीय म्यागेजिनले प्रकाशित गरिदिएको थियो । तस्विरमा क्याट्रिना बिकिनीमा थिइन् भने रणवीर हाफ पाइन्टमा थिए ।

केहि दिन अघि मात्रै रणबिर कपुरका पिता ऋषि कपुरले भने क्याट्रिनालाई वेवास्ता गरेको समाचार आएको थियो । क्याट्रिना त्यसै अपसेट थिइन्, त्यसमाथि उनकी एक साथीले उनलाई आजकल उनी भन्दा नायीका दीपिका पादुकोने बक्स अफिसमा निकै माथि रहेको सुनाइदिएपछि उनको निद हराम भएको बताइन्छ ।
त्यस यता क्याट्रिना तनावमा रहने मात्रै होइन्, नबोल्ने र साना कुरामा रिसाइ हाल्ने गरेकी छिन् ।

रमाइलको कुरा के छ भने दीपिका पादुकोने रणवीर कपुरकी पूर्वप्रेमिका हुन् । हाल दीपिका पादुकोने अभिनित चलचित्र 'चेन्नइ एक्सप्रेस'ले बक्सअफिसमा हंगामा गरेको छ भने उनको अघिल्लो चलचित्र 'ए जवानी दिवानी'ले पनि बक्स अफिसमा ठुलो सफलता हासिल गरेको थियो ।

How about this Article

No comments:

Leave a Reply