Breaking News

म्याग्दी डिएसपी कृष्णबहादुर पल्ली मगर


म्याग्दीमा हालै काठमाण्डौबाट सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक कृष्णबहादुर पल्ली मगरले कानुनको हतियार प्रयोग गरेर अपराधीलाई कार्वाहि गर्ने बताएका छन् । प्रनाउ मगरले बुधवार आफ्नै कार्यकक्षामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले भने“हामीसँग बलियो कानुनी हतियार छ त्यहि हतियारको प्रयोग गरी कार्वाही गर्ने बताउदै सकारात्मक सहयोगका लागि सवैलाई आग्रह गरेका छन्” ।
    त्यस्तै प्रनाउ मगरले अगिल्ला प्रनाउ मरासिनीको कार्यकालमा भएका राम्रा कार्यहरुलाई निरन्तरता दिदै थप कसिलो बनाएर अगाडि बढ्ने बताएका छन् । उनले भने लागु पदार्थ सेवन, मापसे, लगाएतका समस्याहरु दुर्घटना न्युनीकरणका लागि नयाँ योजना बनाएर अगाडि बढ्छौ ” । त्यस्तै जिल्लामा व्याप्त रुपमा रहेको ट्राफिक समस्यालाई पनि न्युनीकरण गर्ने बताएका छन् । बजारमा जुवातास, दिउसै मापसे गर्ने न्युनीकरण गर्नका लागि छड्के जाचँ समेत गर्ने बताए ।  उनले भने म्याग्दी जिल्लामा विभिन्न चाडपर्वमा अत्याधीक मेला लगाउने गरिएको छ र त्यहि मेलाका कारण कयौ घटना समेत घटेका छन् त्यसैले मेला पर्वलाई व्यवस्थीत तरिकाले सञ्चालन गरि अपराधीक क्रियाकलाप न्युनीकरण गर्न सवैमा आग्रह समेत गरेका छन् ।
    कार्यक्रममा उपस्थित पत्रकारहरुले प्रनाउ मगरलाई कसैको प्रभाव र दवामा काम नगर्नका लागि र बजारमा ट्राफिक नियम र अन्य अवस्थामा व्यवहिरक पाटोलाई समेत हेर्न सुझाव दिएका थिए ।
   

How about this Article

No comments:

Leave a Reply