Breaking News

जनमत सिर्जना गर्दै एमाओवादी गाउँ–गाउँमा

logo-chunabराम थापा, बागलुङ, २४ साउन । एकीकृत नेकपा९माओवादी०     आगामी मंसिर चार गते हुने संविधानसभा निर्वाचन केन्द्रित चुनावी अभियानमा लागेका छन् । आफ्नो पक्षमा बलियो जनमत सिर्जना गर्न संगठत सुदृढीकरणदेखि निर्वाचन लक्षित अभियानलाई तीव्रता दिएको छ ।
एकिकृत नेकपा ९माओवादी०को केन्द्रिय कमिटिको निर्देशन अनुसार बागलुङ तीनै वटा निर्वाचन क्षेत्रमा निर्वाचन विशेष अभियान थालिएको छ । निर्वाचन क्षेत्र नं। १ मा केन्द्रीय सदस्य पारसमणी पौडेल, क्षेत्र नं। २ मा गोविन्द आचार्य र क्षेत्र नं। ३ मा शुशीला सिम्खडा निर्वाचन विशेष अभियानको लागि खटिएको एकिकृत नेकपा माओवादी बागलुङले जनाएको छ ।
‘तीनै क्षेत्रमा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीका जिम्मेवार साथीहरु अहिले गाउँगाउँमा चुनावी अभियानमा खटिनुभएको छ’ एमाओवादीका प्रचारप्रसार विभाग प्रमुख कृष्ण केसीले भन्नुभयो । माओवादीले गाउँगाउँमा पुगेर निर्वाचनप्रति जनमत सिर्जना गर्ने र पार्टीप्रति जनताको धारणा कस्तो छ भनेर बुझ्ने जनाएको छ । त्यस्तै जनताको घरदैलोमै पुगेर निर्वाचनमा उठाउने सम्भावित उम्मेदवारप्रति जनताको मनोभावना र अभिमत पनि संकलन गर्ने माओवादीले जनाएको छ । यही साउन १५ देखि गाउँ अभियान थालेको माओवादीले तीनै क्षेत्रको अभियान सकिएपछि आगामी भदौ १ गते सदरमुकाममा समिक्षा कार्यक्रम गर्ने थप अभियानलाई शसक्त पार्ने माओवादी प्रचारप्रसार विभाग प्रमुख केसीले जानकारी दिनुभयो ।




How about this Article

No comments:

Leave a Reply