Breaking News

पाका कम्युनिस्ट बैद्यका गतिबिधीले रुष्ट

ktm-10_saun-24

मदन प्रभात, कीर्तिपुर, २४ साउन । सहिद गंगालाललाई भेटेका र पुष्पलाल श्रेष्ठ, निर्मल लामालगाएत संग काम गरेका एकजना पाका कम्युनिष्ठ दानबहादुर महर्जन मोहन बैद्यको ‘कम्युनिष्ट बिरोधी’ गतिबिधीले असाध्यै रुष्ठ बनेका छन् । बामपन्थिीहरु एकजुट भएका भए धेरै अगाडि नै जनबाद आइसक्ने थियो भन्ने कुरामा विश्वस्त दानबहादुर आफ्नो ८५ बर्षको उमेरमा पनि फुर्तिला देखिन्थे । ‘लौन बैद्यलाई सम्झाउनु प¥यो ।’ भन्दै उनले कम्युनिष्ट आन्दोलनलाई सखाप पार्न बैद्यभित्र प्रतिक्रियावादी र राजावादीहरु घुसेको बताए । एकीकृत माओवादीलाई कही“ गएर पनि नझुक्न सल्लाहा दिँदै उनले भने ‘तर हेर्नु है माओवादी भएर कर्ही गएपनि झुक्नु हुदैन ।’
उनले एकीकृत माओवादीको नेतृत्व प्रति आशा र विश्वास ब्यक्त गर्दै भने– प्रचण्ड छन् नी !
एकीकृत नेकपा (माओवादी)को जनसम्बन्ध सुदृढीकरण अभियान अन्तर्गत पार्टीका केन्द्रीय सदस्य आहुतिको नेतृत्वमा पार्टीका सल्लाहाकार जे.वि. टुहुरे, राज्य समिति सदस्यहरु मदन अर्याल, शंकर दुलाल, बिशाल महर्जन, मनोज श्रेष्ठलगाएत पार्टी जिल्ला सदस्यहरु सहितको अभियान टोली कीर्तिपुरको लायकु टोलमा पुग्दा उनले असाध्यै प्रफुल्लीत भएर अभियान टोलीलाई स्वागत गरे । ‘नरबहादुर दाईको निधन पछि हामी अभिभावक बिहिन भएका छौं’ भनेर क.आहुतिले भन्दा उनि निकै नै भाबुक भएका थिए । ‘मेरो नरबहादुरसंग असाध्यै मिल्ती थियो’ उनले सुनाए । ‘नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र का“इला बा मात्रै निडर थियो ।’ केही दिन अघि एकीकृत नेकपा (माओवादी)का संरक्षक क.नरबहादुर कर्माचार्यको निधनको खवरले उनलाई निकै पिडा दियो । खवर सुन्ने बित्तिकै उनि खुल्लामञ्च त गए तर त्यहा उनले नरबहादुरलाई भेट्न सकेनन । आफ्नो प्रिय साथीको लास पनि भेट्न नपाउदा उनको आ“खाले आ“शुलाई रोक्न सकेनन र उनि खुल्लामञ्च मै ग्वा“–ग्वा“ती रोए । त्यस अवस्थामा पाटनका एकजना साथीले भेटेर ट्याक्सिमा राखि उनलाई आर्यघाट पु¥याए तर दुर्भाग्य त्यहा पनि उनले नरबहादुरको लासलाई भेट्न सकेनन । त्यस दिन उनि आगोले खादै गरेको नरबहादुरको लासलाई हेरेर फर्किए ।
बाउको क्रिया पनि गर्न नदिई गंगालाललाई पक्रेर लगेको देखेपछि राणा शासन प्रति उनको मनमा घृणाले बास गरेको थियो भने गंगालाल र उनको परिवार प्रतिको कौतुहलताले निरन्तर सताईरहेको थियो । गंगालाको घर खोज्दै जा“दा उनको माईला भाई अर्थात पुष्पलालसंग भेट भएको उनि बताउछन् । ‘त्यस पछि निरन्तर पुष्पलालसंग काम गरियो । पुष्पलाल मान्छे साह्रै गजपको थियो । पछि निर्मललामा संग पनि दिनहु“ जसो भेट हुन्थ्यो । उनिहरुसंग भेटेन भने मलाई चित्तै बुझदैनथ्यो’ उनि बताउछन ।
नरबहादुर कर्माचार्यको निधनले निरास भएको बताउने दानबहादुर एकीकृत नेकपा (माओवादी) प्रति अझै आशा र भरोसा रहेको बताउछन । ‘प्रचण्ड छ नी’ भन्दै एकीकृत माओवादीको नेतृत्व प्रति आशा र विश्वास ब्यक्त गरेका उनले एकीकृत माओवादीलाई दोस्रो संबिधानसभामा पुरा बिजयी हुन आशिर्वाद दिए ।

How about this Article

No comments:

Leave a Reply