1हराएकी छोरी खोजीगर्न गएका बाबुलाई प्रहरीले भन्यो-’बसपार्कतिर गएर खोज !’
बागलुङ नगरपालिका १० कुँडुले दाह्रे गौँडाकी १३ वर्षिय सरुनी परियार गत साउन १५ गते घरबाटै हराएकी थिईन् । विहान काममा जानु अघि घरमै छोडेर गएको तर कामबाट फर्कदा छोरी घरमा नभएको परियारले बताएका छन् ।
बागलुङ बजारमा सिकर्मी कामगर्ने परियारका अनुसार कामबाट साँझ घरमा फर्कदा छोरी नदेखेपछी छर छिमेक आफन्त कहाँ जताततै खोजविन गर्दापनि फेला नपारेपछी उनी बुधवार छोरीको खोज गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
केहि वर्ष यता बागलुङ जिल्लामा महिला तथा बालबालिकाहरु हराउने क्रम ह्वात्तै बढेको छ भने महिला हिँशाका घटनाहरुपनि बढेका छन् । गत आर्थिक वर्ष ०६९।७०मा १ सय जना महिलाहरु र १५ जना बालबालिका हराएको प्रहरी रिकर्डले देखाएको छ । महिला हिँशाका घटनाहरुपनि सयकै हाराहारीमा घटेका थिए ।

No comments: