समयमै बजेट खर्च नहुँदा वित्तीय जोखीम बढ्ने खतरा
साउन, २४ गते ।
सार्वजनिक खर्च प्रणलीलाई सुदृढ, प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उदेश्यले म्याग्दी सदरमुकाम वेनीमा सरोकारवाला निकायहरुविच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायीत्व जिल्ला कार्यान्वयन ईकाइ, म्याग्दीको आयोजनामा विहिवार भएको अन्र्तक्रिया कार्यक्रममा वत्ताहरुले समयमै बजेटको अख्तियारी नआउने र आन्तरकि निकाय प्रणलि सुदृढ नहुँदा वित्तीय जोखीम बढेकोमा जोड दिएका छन् ।
म्याग्दीमा राजस्व संकलन र खर्च पनी कम रहेको छ, जिल्ला कोष नियन्त्रक रविराज पौडेलले भन्नुभयो –‘समयमै बजेट नआउने र जनशक्ति कम भएकाले सार्वजनिक खर्चलाई नियमित बनाउन सकिएको छैन ।’ उहाँका अनुसार गत बार्थिक बर्ष २०६९/०७० मा जिल्लाको कुल बजेट मध्ये पुजीगतर्फ ३४ प्रतिशत र चालुतर्फ ११ प्रतिशत बजेट असार महिनामा आएर मात्रै खर्च भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चन्द्र वहादुर कार्कीले जिल्लामा आएको बजेटको पुँजीगत तर्फको खर्चलाई नियमित र पारदर्शी तरिकाले बढाउन सकेमा विकास निर्माणको कामले गति लिने भन्दै खर्च गर्ने अख्यियारी पाएका निकायले बढि जिम्मवारी बन्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा स्थानिय विकास अधिकारी विष्णु प्रसाद शर्माले सार्वजनिक खर्च गर्दा आर्थिक अनुसाशन पालना गर्दैै पारदर्शी तरिकाले खर्च गरेमा वित्तीय जोखीम न्युनीकरण गर्न सकिने बताउनुभयो ।
उहाँले यो बर्ष अख्यितारी ढिला गरि आएकाले जिविसको ४० लाख रुपैयाँ बजेट खर्च नभई फिर्ता भएको समेत जानकारी दिनुभयो । त्यस्तै बाग्लुङका कोष नियन्त्रक विष्णुहरी तिमल्सिनाले पेफाले वित्तीय अनुसासन कायम गर्ने सन्दर्भमा वित्तीय जोखीम न्युनीकरण गर्न प्रयास गरिरहेको उल्लेख गर्नुभयो । त्यस्तै कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, म्याग्दी उद्योग बाणीज्य संघका अध्यक्ष कुविर कुमार श्रेष्ठ, नागरीक समाज म्याग्दीका संयोजक सुदर्शन कुमार श्रेष्ठ, गैर सरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरि पौडेल लगायतले म्याग्दीमा करदाता सेवा केन्द्र नहुँदा यहाँका उद्योगी व्यवसायीहरुले पोखरा बाग्लुङ पुगेर कर तिर्दा जिल्लामा संकलन हुने राजस्व बाहिर जाने गरेकोले कोलेनिकामाफर्त कर तिर्ने र उद्योग बाणीज्य संघ मार्फत विवरण पठाउने प्रचलनको सुरुवात गर्नुपर्ने आवस्यकता औल्याउनुभयो ।
कार्यक्रममा म्याग्दीका कोष नियन्त्रक पौडेल र बाग्लुङका कोष नियन्त्रक तिमल्सिनाले सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायीत्व जिल्ला कार्यान्वयन ईकाइ (पेफा) म्याग्दीका संयोजक तथा कोष नियन्त्रक रविराज पौडेलको अध्यक्षता तथा प्रजिअ कार्कीको प्रमुख आतित्यथामा भएको कार्यक्रममा ईकाइका सदस्यद्धय केशवराज सुवेदीले स्वागत र रामजीप्रसाद सुवेदीले संचालन गर्नुभएको थियो ।

No comments: